
“स्कुल अफ डेमोक्रेसी” नेपालको तनहुँ शाखा विस्तार गरिएको छ।
शाखाका अध्यक्ष डम्बर अधिकारीले संस्थाको विधान अनुसार उपाध्यक्षमा दीर्घबहादुर थापा, सचिवमा बसन्त कंडेल, सह-सचिवमा सरोज भण्डारी र कोषाध्यक्षमा मिला दरै लाई मनोनित गरेका छन् ।
त्यसैगरि सदस्यहरुमा गलबहादुर गुरुङ, दलबहादुर दुरा, गजेन्द्र पौडेल, ईश्वर पन्थ, सुमन थापा मगर, अन्जनकुमार श्रेष्ठ, प्रकाशचन्द्र हड्खले, उदयचन्द्र कंडेल, जब्बर मियाँ, मनबहादुर रुचाल, शैलेस खाती , स्वस्तिका भट्राई/ग्रैहे, सकिना खातुन, रिया गुरुङ, अमृत ढकाल, विजय गुरुङ, विपिन कुँवर, महेन्द्र आचार्य मनोनित भएका छन् ।
नेपालमा क्रियाशिल राजनीतिक दलहरु, सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिककरणको प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्ने उदेश्यले स्थापना गरिएको “स्कुल अफ डेमोक्रेसी” नेपालको तनहुँ शाखा विस्तार गरिएको अध्यक्ष अधिकारीले बताए ।
शाखाले निकट भविष्यमा प्रजातन्त्रको सुदृढिकरणका लागि विभिन्न तालिम, गोष्ठि, सेमिनार र चेतनामूलक कार्यक्रमहरुको आयोजना गर्ने सचिव बसन्त कंडेलले जानकारी दिए ।
विशेषतः नेपालका राजनीतिक पार्टी, सरकार, संघसंस्थाहरुमा लोकतान्त्रिक–प्रजातान्त्रिक आचरण, चरित्र र व्यवहारको क्षयीकरण हुँदै गएकाले शाखाले जागरणका कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको छ ।
नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महर केन्द्रीय अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीको मुलुकभित्र र बाहिर विभिन्न कमिटिहरु गठन गर्ने क्रम जारी रहेको छ ।






