
मोरङमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकैदिन चार जनाको मृत्यु भएको भएको छ ।
पछिल्लो २४ घण्टामा विराटनगरका दुुई महिला र धनपालथान र बुढीगँगा गाउँपालिकामा एक–एक जना पुुरुषको मृत्यु भएको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएकी विराटनगर–४ की ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै विराटनगर–११ की ४३ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ ।
मोरङको धनपालथान गाउँपालिका– ३ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । शुक्रबार बेलुका केन्द्रमा भर्ना गरिएको उनको शनिबार दिउँसो करिब १ बजे मृत्यु भएको हो ।
यस्तै बुढीगंगा गाउँपालिका–५ का ४५ वर्षीय पुुरुषको विराट मेडिकल कलेजमा मृत्यु भएको छ । यससँगै प्रदेश १ मा मृतकको संख्या २७ पुगेको छ ।




