
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा ३० जना भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले ३१ घर र एउटा स्वास्थ्य चौकीमा पूर्ण क्षति भएको छ ।
मृत फेला परेका ११ जनामध्ये ढोरपाटन–९ की २६ वर्षकी केशमाया बिकको मात्रै पहिचान भएको छ । अरु ६ महिला र चार पुरुषको पहिचान नभएको डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिएका छन् । बेपत्ता हुनेको संख्या थपिने क्रम जारी रहेकाले ठूलो मानवीय क्षति भएको हुन सक्ने उनले बताए ।
अबिरल वर्षासँगै बुधबार राति १२ बजेको समयमा आएको खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।




