सरकारले नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्तिबारे छलफल र निर्णय नभएको जनाएको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं अर्थ तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले अहिलेसम्म प्राधिकरणको नियुक्तिबारे कुनै छलफल नभएको जानकारी दिएका हुन्।

कुलमान घिसिङलाई पुनः नियुक्त गरेको हल्ला आएको छ नि ? भन्ने प्रश्नमा खतिवडाले भने, कुलमानको नियुक्ती फेसबुक र टिकटकले गर्यो होला तर सरकारले गरेको छैन। सरकारले त्यसबारे कुनै छलफल र निर्णय गरेको छैन, सामाजिक सञ्जालले गरेको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन।’

लोडसेडिङ अन्त्य गरेर आम नागरिकको मन जितेका घिसिङको ४ वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ। उनलाई फेरि नियुक्त गरिनुपर्छ भनेर सर्वसाधरणले आवाज उठाइ रहेका छन्।