
नेपालमा कोरोना संक्रमितको संख्या बिहीबारसम्म २४ हजार ९ सय ५७ पुगेको छ भने ९५ जनाको मृत्यु भएको छ। यस्तै कोरोना भाइरसबाट संक्रमणबाट १६ हजार ८ सय ३७ जना निको भएर घर डिस्चार्ज भएका छन् ।
प्रदेशगत विवरण :
प्रदेश–१ मा ७ सय २५ कोरोना संक्रमित, १ हजार ४८ जना कोरोना संक्रमणमुक्त र ७ जनाको निधन भएको छ ।
प्रदेश–२ मा ३ हजार ४ सय ५७ जना कोरोना संक्रमित, ३ हजार ४ सय ४९ जना निको भएर घर फर्किएका छन् भने ४१ जनाको कोरोनाकै कारण ज्यान गएको छ।
यस्तै बागमती प्रदेशमा १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय २७ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन्। साथै १७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।
यस्तै गण्डकी प्रदेशमा २ सय ४२ जानमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ९९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। साथै ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ।
यस्तै प्रदेश–५ मा ६ सय ८० जना कोरोना संक्रमित, ४ हजार २ सय २४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् भने १२ जनाको कोरोनाकै कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै कर्णाली प्रदेशमा २ सय १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ९ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै ४ जनाको कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।
यस्तै सुदूरपश्चिम प्रदेशमा ८ सय ७० जनामा कोरोना संक्रमति, ४ हजार ८३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाकै कारण ज्यान गएको छ।




