नेपालमा पछिल्लो २४ घण्टामा २ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै  कोरोना संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको छ । १४६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेहरुको कुलसंख्या १४ हजार २१ पुगेको छ।

वीरगञ्ज महानगरपालिका रेशमकोटी ७ निवासी ६८ वर्षीय पुरुषको कोरोना संक्रमितको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्‍यु हुनेको संख्‍या ५० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ८, सुनसरीका १, सप्तरीका २, सर्लाहीका १, धनुषाका १२, महोत्तरीका १३, पर्साका ३४, भक्तपुरका १, धादिङका ७ र कपिलवस्तुका २ जनाका कोरोना पुष्टि भएको छ।

यस्तै काठमाडौँका १४, नवलपरासीका २, रौतहटका १, महोत्तरीका १, बाग्लुङका ७, स्याङ्जाका २६, म्याग्दीका २, तनहुँका १, सुर्खेतका १, बैतडीका २, डोटीका ५२, कैलालीका ८ तथा कञ्चनपुरका ८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले
पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण भएको बताए। बुधवारसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ।

यस्तै हालसम्म देशभर १४ हजार ४ सय ७१ जना क्वारेन्टिनमा र ५ हजार २ सय ३ जना आइसोलेसनमा उपचाररत रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालका जसमा प्रदेश नम्बर १ मा २ सय २६, प्रदेश नम्बर २ मा १ हजार ९ सय ८२, बागमती प्रदेशमा ४ सय ८३ र गण्डकी प्रदेशमा २ सय ८८ जना आइसोलेसनमा उपचाररत रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ४ सय १, कर्णाली प्रदेशमा ३ सय २ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ जना आइसोलेसनमा रहेको प्रवक्ता डा. गौतमले बताए।