तनहुँको व्यास नगरपालिका वडा नं १० मा कोरोनाको त्रास फैलिएपछि वडा कार्यालय बन्द गरिएको छ ।

कोरोनाको संक्रमणलाई लक्षित गरी व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बुधबार एक विज्ञप्ती जारी गरी वडा कार्यालय बन्द गर्नु परेको उल्लेख गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत एक प्रहरी जवान साउन ७ गते वडा नं १०स्थित आफ्नो घरमा आएका थिए । घर आएका ति प्रहरी जवानले स्थानीयहरु संग भेटघाट गरी कार्यस्थल फर्किएका र उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।
उनको पोजेटिभ नतिजा आएसगै ट्रेसिङका लागि वडा कार्यालय बन्द गरिएको वडा नं १० का अध्यक्ष तुलसीराम सापकोटाले बताएका छन् ।

व्यास नगरपालिकाले सुरक्षाका लागि वडा कार्यालय बन्द गरेपनि उनको “ट्राभल हिस्ट्री” भने खुलि सकेको छैन । यससंगै व्यास नगरपालिका वडा नं १० र दमौली बजार क्षेत्रमा कोरोनाको त्रास फैलिएको छ ।