
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई ५ बर्षका लागि पार्टीबाट निष्कासन गरेको छ ।
त्यसैगरि, काँग्रेसले पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा र डडेल्धुरा कांग्रेस जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पनि क्रमशः ५ वर्ष र ३ वर्षका लागि बर्षका लागि निष्कासन गरेको छ।
केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेम्बेको अध्यक्षतामा बसेको अनुशासन समितिले पूर्व सहमहामन्त्री जोशीसहित महासमिति सदस्य ओझालाई गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध हराउन सक्रिय भएर लागेको आरोपमा पार्टी विधान बमोजिम अनुशासनको कारबाही गरेको जनाएको छ ।
(हेर्नुहोस विज्ञप्ति)





