
कोरोना भाइरसको संक्रमण र विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका र स्वदेश फर्कन चाहेका ९ सय ९९ नेपाली नागरिक आज काठमाण्डौं उत्रिएका छन्।
उद्धारका लागि तय गरिएका चार्टर्ड उडानमार्फत उनीहरु नेपाल आएका हुन्। हिमालयन एयरलाइन्सले साउदी अरबको दमामबाट एक सय ५४ जना लिएर आएको छ।
नेपाल एयरलाइन्सले साउदी अरबको जेदाहबाट २ सय ५५ यात्रु लिएर आएको छ। यसमा एउटा शव पनि थियो। हिमालयन एयरलाइन्सले यूएईको आबुधावीबाट २ वर्ष मुनीका तीन बच्चा र एक सय ४९ यात्रु लिएर आएको छ।
हिमालयन एयरलाइन्सले कुवेतबाट एक सय ५५, टर्किस एयरलाइन्सले इस्तानबुलबाट २ सय ८२ र मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट ४ जना यात्रु लिएर आएको छ।




