भारतमा १४ हजार १९, पाकिस्तानमा ३ हजार ६ सय ९५, बंगलादेशमा १ हजार ५०२, अफगानिस्तानमा ६सय १८, नेपालमा २३, श्रीलंकामा ११ र माल्दिभ्समा ८ जनाको मृत्यु

 

कोरोनाको प्रकोप दक्षिण एसियामा तीब रुपमा फैलिएको छ । पछिल्लो तथ्याङ्क अनुसार, कोरोना भाइरसको संक्रमणका कारण भारतमा १४ हजार १९, पाकिस्तानमा ३ हजार ६ सय ९५, बंगलादेशमा १ हजार ५०२, अफगानिस्तानमा ६सय १८, नेपालमा २३, श्रीलंकामा ११ र माल्दिभ्समा ८ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाली राष्ट्रहरु नराम्रोसँग प्रभावित बनेका छन्।

दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा बढी प्रभावित भएको छ। हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ४१ हजार ७० भन्दा बढी छ भने १४ हजार १९ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ।

दक्षिण एसियामा अन्य देशको तुलनामा भुटान कम प्रभावित देखिएको छ। हालसम्म भूटानमा ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन। यस्तै पाकिस्तानमा कोरोना संक्रमितको संख्या झण्डै १ लाख ८५ हजार ३४ पुगेको छ भने ३ हजार ६९५ जनाले ज्यान गुमाएका छन्।

बंगलादेशको अवस्था पनि डरलाग्दो छ। अहिलेसम्म बंगलादेशमा १ लाख १५ हजार ७८६ भन्दा बढी कोरोना संक्रमित बनेका छन् भने १ हजार ५०२ जनाको मृत्यु भएको छ। यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको संख्या २९ हजार ४८१ पुगको छ भने ६१८ जनाले ज्यान गुमाएका छन्।

दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ। नेपालमा हालसम्म कोरोना भाइरसम्म कारण ९ हजार ५६१ जना संक्रमित भएका छन्। तीमध्ये अहिलेसम्म २३ जनाको संक्रमणका कारण निधन भएको छ।

यस्तै माल्दिभ्समा अहिलेसम्म २ हजार २ सय १७ जनामा कोरोना देखिदा ८ जनाको मृत्यु भएको छ। श्रीलंकामा १९ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जनाले ज्यान गुमाएका छन्।