9
9

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारत–चीन सीमा विवादबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्झाउँदै शव्द चयन गर्दा सतर्क रहन आग्रह गरेका छन् । उनले भ्रामक प्रचार र झुठको आडम्बरले सत्यलाई दबाउन नसकिने बताउँदै मोदीलाई भ्रमका पछि लाग्न नहुने बताएका छन् ।

मनमोहन सिंहले गलवानमा भारत–चीनका सेनाबिच भएको भिडन्तबारे भनेका छन्, ‘हामी सरकारलाई आग्रह गर्छौँ कि भ्रामक प्रचार कहिल्यै पनि कूटनीति र बलियो नेतृत्वको विकल्प हुन सक्दैन । पछि लाग्ने कार्यकर्ताद्वारा गरिएको प्रचारित झुठको आडम्बरले सत्यलाई दबाउन सक्दैन।’

पूर्व प्रधानमन्त्री सिंहले भनेका छन्, ‘वर्तमान सरकारले लिने फैसला र उठाउने कदमले यो तय गर्ने छ कि भविष्यले उनको आँकलन कसरी गर्ने छ ।

मनमोहन सिंहले प्रधानमन्त्री मोदीलाई सल्लाह दिँदै भनेका छन्, ‘प्रधानमन्त्रीले आफूले व्यक्त गरेका शब्दहरुले देशको सुरक्षा एवं सामरिक र भूभागीय हितमा पर्ने असरप्रति सधैँ सावधान रहनुपर्छ ।’

डा. सिंहले चीनसँगको भिडन्तमा मारिएका २० सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मातृभूमिको रक्षाका लागि उनीहरुको बलिदान व्यर्थ जान दिन नहुने बताएका छन् ।

कांग्रेस नेता राहुल गान्धीले मनमोहन सिंहको यो वक्तव्यलाई ट्वीट गरेका छन् ।