
नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ। हालसम्म पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेका जिल्लाको संख्या १२ वटा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जानकारी दिए।
मंगलबार मात्रै देशभर १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।
काठमाडौँ उपत्यका लगायत तराईका जिल्लामा कोरोनाको कहर बढ्दै गएको छ।




