
“हिउँ चितुवा” उपनामले परिचित विश्वविख्यात पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ ।
आज बिहान १० बजे निजी निवास जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको हो । शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए ।
उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई “हिउँ चितुवा” को उपनाम दिइएको थियो ।
सोलुखुम्बुको थामेमा जन्मिएका आङरिताले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए।




