बैशाख ३० गते हुने स्थानीय निर्वाचनको दिन नजिकिँदै छ । तनहुँमा विभिन्न पार्टीबाट पालिकामा प्रतिस्पर्धा गर्ने आकांक्षी उम्मेदवारहरुको लामै सूची देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगायतका पार्टीले आफ्ना उम्मेदवारहरुको सूची पनि सार्वजनिक गरेको छ ।

यसैबीच, तनहुँमा नेपाली काँग्रेसको तर्फबाट स्थानीय निर्वाचनमा आकाँक्षी उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ । आकाँक्षीहरुको संख्या धेरे भएकाले कांग्रेसलाई उम्मेदवार छनोट गर्न सकस हुने निश्चित छ । प्रमुख, अध्यक्ष तथा उपप्रमुख, उपाध्यक्षमा अधिकांश पालिकामा १० देखि १५ जनाले उम्मेद्वारी दिन नाम दर्ता गराएका छन् । हालसम्म दर्ता भएका स्थानमा अधिकांशले दोहोर्याउने चाहाना राखेका छन् । व्यासको प्रमुख र उपप्रमुख दुवै दोहोर्याउने चाहाना राख्दै नाम दर्ता गराएका छन् । शुक्लागण्डकीको प्रमुखले, ऋषिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षले दोहोर्याउने चाहाना गर्दै नाम दर्ता गराएका छन् भने भानुको उपप्रमुखले प्रमुखको दाबी गरेकी छिन् ।

व्यास नगरपालिकाको प्रमुृखमा वैकुण्ठ न्यौपानेले दोहोर्याउने चाहाना राख्दै नाम दर्ता गराएका छन् । व्यासको नगर प्रमुख पदका लागि रघुनाथ पौडेल, दिपकराज जोशी, डा. शेषरमण न्यौपाने, वृषराज श्रेष्ठ, डम्बरबहादुर अधिकारी, लक्ष्मीभक्त खनाल, शान्तिरमण वाग्ले, देवकुमार श्रेष्ठ, समुन्द्र गोदार, र हरिदत्त पौडेल, विश्वनाथ वास्तोला, अशोककुमार श्रेष्ठ, शंकर पौडेल, विद्या खनाल गरी १५ जनाले नाम दर्ता गराएका छन् । त्यस्तै, उपप्रमुखमा मिरा जोशीले पनि दोहोर्याउने चाहाना राखेकी छिन् । उपप्रमुखमा जोशीका अतिरिक्त कल्पना कोइराला पोखरेल, इन्दिरा दरै, नोमा थापा, मिरा जोशी, मुन्नि हमाल ठकुरी शाही, विणा कैनी र नारायणी अधिकारीले नाम दर्ता गराएका छन् ।

भानु नगरपालिकामा प्रमुखमा उपप्रमुख आशा थापाले नाम दर्ता गरेकी छिन् । त्यस्तै, लक्ष्मी आचार्य, श्याम मौरती, चिनु पोखरेल, आनन्दराज त्रिपाठी, टेकबहादुर गुरुङ, राज गुरुङ, विश्वर खनाल, विपिन अधिकारी, कमल पण्डित, सहदेव अधिकारी, गोविन्दराज सिलवाल, उत्तमप्रसाद लोहनी, छत्रराज भण्डारी, अर्जुनबहादुर अधिकारीले भानुको प्रमुखमा दाबी गरेका छन् । उपप्रमुखमा रामकुमार श्रेष्ठ, उर्मिला पन्त केसी, विष्णु भण्डारी, दुर्गा भण्डारी, सविता उप्रेती, संगिता जोशीले नाम दर्ता गराएका छन् ।

ऋषिङमा पनि हालका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले दोहोर्याउने चाहाना राखेका छन् । त्यस्तै, मोहन गिरी, झुलबहादुर आले, परशुराम गिरी, इन्द्रबहादुर आले, तीलबहादुर थापा, जीवनचन्द ठकुरी, दुर्गाबहादुर राना, श्रीराम आले, लालबहादुर थापा, मथुराकृष्ण श्रेष्ठ, महेन्द्र अधिकारी, अशोक गिरीले नाम दर्ता गराएका छन् । उपाध्यक्षमा पुन हालको उपाध्यक्ष गिनुमाया थापाको दाबी छ । थापासँगै सविना राना, पार्वती गिरी, लक्ष्मी मल्ल, इन्द्र आलेले उपाध्यक्षमा नाम दर्ता गरेका छन् ।

यस्तै, शुक्लागण्डकी नगरपालिकामा किसान गुरुङले पूनः प्रमुखको दाबी गरेका छन् । गुरुङसँगै प्रा.डा. कृष्णप्रसाद गौतम कृष्णराज पण्डित , भक्तबहादुर श्रेष्ठ, खेमराज अधिकारी, महेश्वर भट्टराइ, सन्तोष घिमिरे, माधव भट्टराई, हरिप्रसाद वाग्ले, श्रीराम सुवेदीले नाम दर्ता गरेका छन् । उपप्रमुख चन्दकला भट्टराई तारा अधिकारी, रेशम पौडेल, पम्फा थापा, टुकादेवी पौडेल, कृष्ण रेग्मीले नाम दर्ता गराएका छन्।

त्यसैगरि, बन्दीपुर गाउँपालिका अध्यक्षमा ईनकन खनाल, सन्तबहादुर गुरुङ, मानकाजी श्रेष्ठ, रेशम गुरुङ, बैस गुरुङ, हस्तबहादुर जिसी, ध्रव प्रधान, परशुराम अधिकारी, कर्णबहादुर खत्री, सरिता पिया, ज्ञानेन्द्र अधिकारीले नाम दर्ता गरेका छन् । उपाध्यक्षमा केशु गुरुङ, रोशनी पिया, सविना गुरुङ, पञ्चमाया गुरुङले इच्छा व्यक्त गर्दै दर्ता गराएका छन् ।

भिमादमा जीतप्रकाश आले, चुडामणी खनाल, श्यामसुन्दर जोशी, अर्बिन श्रेष्ठ, इन्दिरा खनाल, मिलन आले, गोपाल पराजुली र रामकृष्ण रानाले प्रमुखमा दाबी गर्दै नाम दर्ता गराएका छन् । उपप्रमुखमा रेशम गैह्रे , देवी सुवेदी, इन्द्राकुमारी सिग्देल, टुकामणी सिग्देल, रोमाया थापा, यामबहादुर थापा, निरञ्जन खनाल र त्रिभुवन सेन ठकुरीले दाबी गरेका छन् ।

यस पटकको निर्वाचनमा आकांक्षीहरु धेरै भएकाले व्यवस्थापन गर्न कठिन हुने देखिएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मी खनालले बताए । स्थानीय तहको जनप्रतिनिधिको सेवा सुविधा र अधिकार धेरै भएका कारण पनि यो निर्वाचनमा आकाँक्षीहरु ह्वात्तै बढेको बताइएको छ ।