बलिउडका महानायक अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ।

महानायक अमिताभले आफ्नो ट्वीटरबाट सो कुराको जानकारी दिएका छन्

अमिताभ र अभिषेखमा कोरोना संक्रमण पुष्टि भएपनि अभिनाभ पत्नी जया बच्चनको र अभिषेक पत्नी ऐश्वर्या रायको कोरोना परिक्षण नेगेटिभ आएको छ । उनकी नातिनीको परिक्षण नतिजा भने आइसकेको छैन ।

अमिताभले ट्विट मार्फत भनेका छन्– ‘मेरो कोभिड९१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ।’

अभिताभले आफ्नो ट्वीटमा यो पनि भनेका छन्– पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला।

भारतीय एजेन्सीका अनुसार उनीहरु दुवै जनालाई मुम्बई स्थित नानावती अस्पतालमा भर्ना गरिएको छ । अमिताभ बच्चनलाई सामान्य ज्वरो आएको छ । उनीहरु दुवै जना शनिबार राती १० बजे अस्पताल गएका थिए ।

७७ वर्षीय अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएको खबरसँगै राजनेता, बलिउडका कलाकारहरू र प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

उनका समर्थक नानावती अस्पतालको परिसरमा जम्मा हुन थालेका छन् । अस्पताल श्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले अभिताभको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनको अक्सिजन लेभल ९५ छ । यसैबीच बच्चन परिवारको जलसा नामक बंगला पुरै स्यानेटाइज गरिदैछ ।