तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयको प्रधानाध्यापकमा पुष्पकला भट्टराई नियुक्त भएकी छन् ।

२०३३ सालमा स्थापना भएको यस नमुना सामुदायिक विद्यालयले पहिलो पटक महिला प्रधानाध्यापक पाएको छ ।

विद्यालय व्यवस्थापन समितिको बैठकले यस अघिका प्रधानाध्यापक एकबहादुर गुरुङको कार्यकाल सकिएपछि भट्टराईलाई आइतबार नियुक्त गरेको अध्यक्ष करुण काफ्लेले जानकारी दिए ।

प्रअको जिम्मेवारी पाएसंगै भट्टराईले आफु विद्यालयको शैक्षिक गुणस्तर वृद्धिकालागि लागिपर्ने बताएकी छन् ।