विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहँदा यसबाट निको हुनेको संख्या पनि उत्तिकै छ।

हालसम्म विश्वभर कोरोना भाईरसको संक्रमणबाट ७८ लाख ७१ हजार ६९७ जना संक्रमणमुक्त भएका छन्।

यस्तै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३४ लाख ७८ हजार ६१३ भन्दा बढी छ भने पाँच लाख ८१ हजार ७१० भन्दा धेरैको ज्यान गएको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ३५ लाख ४५ हजार ६९२ भन्दा धेरै पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ३९ हजार १५५ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा १९ लाख ३१ हजार २०४ भन्दा बढी संक्रमित भएकोमा ७४ हजार २६२ भन्दा धेरैको ज्यान गएको छ।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ ९ लाख ३७ हजार ८४४ भन्दा बढीमा संक्रमण भएकोमा २४ हजार ३२७ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ७ लाख ४६ हजार ३६९ भन्दा बढी संक्रमित भएका छन् भने ११ हजार ७७० जनाको मृत्यु भइसकेको छ।

स्पेनमा ३ लाख ३ हजार ६९९ जना संक्रमित भएकोमा २८ हजार ४०९ भन्दा बढीको मृत्यु भइसकेको छ।

बेलायतमा २ लाख ९१ हजार ३७३ जना संक्रमित भएकोमा ४४ हजार ९६८ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ३ लाख ३३ हजार ८६७ छ भने १२ हजार २२९ जनाको मृत्यु भईसकेको छ।