म्याग्दी जिल्लामा पहिरोमा परि ३१ जना र खोलाले बगाएर १ जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको पहिरोमा बेपत्ता हुनेमा धवलागिरी–६ का १२ जना र मालिका–७ बिमका ८ जना रहेको म्याग्दी प्रहरीले जनाएको छ । त्यस्तै मराङको रिखामा ७, नामरुकमा १, ठूलोगाउँमा १ जना बेपत्ता रहेको बताइएको छ ।

त्यस्तै मालिका गाउँपालिकाको ६ दुखुकी ३८ वर्षीय १ महिलालाई दुखु खोला पार गर्ने बेलामा खोलाले बगाएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।

त्यसैगरि, रघुगंगा गाउँपालिका– ३ पिप्ले र बेनपा ९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदिले बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्लाको यातायात सम्पर्क टुटेको छ । मोटरेबल पुल नजिकै रहेको झोलुङ्गे पुल पनि जोखिममा रहेको छ ।