भारतीय मिडियाहरुको प्रसारण नेपालमा प्रतिबन्ध भएको छ ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले दूरदर्शनबाहेक भारतीय खबर च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेका छन् । डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभी लगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको भन्दै एमएसओले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विशेषतः भारतीय खबर च्यानल बन्द गर्ने निर्णय भएको बताइएको छ । बिहीबार साँझदेखि नेपालमा कुनै पनि भारतीय न्युज च्यानलहरु प्रसारण भएका छैनन्।

बिहीबार साँझदेखि वितरकहरुले भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरे पनि केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय गरेको छैन ।

पछिल्लो समय भारतीय खबर च्यानलले प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेका थिए ।