कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।

अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको छ । मृतकहरु मध्ये चारजना विष्ट परिवारका सदस्य र दुई जना छिमेकी रहेको प्रहरीले जनाएको छ ।

कालिकोट लगायतका क्षेत्रमा रातभर पानी परेको थियो।

स्रोत : देश सञ्चार