
तनहुँको म्याग्दे गाँउपालिकालाई पुर्ण बालश्रममुक्त पालिका घोषणा गरिएको छ ।
हरित विकास संस्थाले गरेको अनुगमन तथा निरिक्षणको आधारमा तनहुँको म्याग्दे गाँउपालिकालाई बालश्रममुक्त पालिका घोषणा गरिएको हो । एकीकृत हरित विकास नेपाल सँग सहकार्य गरेर हरेक वडामा कार्यतालिका वनाएर नै सम्पुर्ण वडालाई बालश्रम मुक्त वडा घोषणा गरेर पालिकालाई पुर्ण बालश्रम मुक्त पालिका घोषणा गरिएको छ ।
एकीकृत हरित विकास नेपालका कार्यक्रम अधिकृत सुदिप सेडाईले एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरिक्षणवाट पालिकालाई बालश्रम मुक्त अभियान घोषणा गरिएको बताए । घोषणाको ७ सुचक पालिका भरका ५३२९ घरधुरीमा संस्थाले वडाभरको टोल तथा क्षेत्रमा गएर बालबालिकाको अवस्थाको वारेमा अध्यनन तथा अनुसन्धान गरेर पालिकालाई पुर्ण बालश्रममृक्त घोषणा गरिएको छ ।
गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्रेष्ठले नेपालको सन्र्दभमा बालश्रम एउटा ठुलो चुनौती भएको बताए । सरकारले नै बालश्रम मुक्त घोषणा संवैधानिक व्यवस्थामा नै गरेता पनि यसको व्यवहारिक कार्यन्वयन नहुँदा अझै पनि देशमा अनाथ, असहाय, गरिवले पिल्सिएका बालबालिका बाँच्नका लागि पुर्ण रुपमा श्रममा निर्भर हुनु अत्यन्त दुखको विषय भएको बताए । यो वा त्यो बाध्यतामा वालवालिकाले श्रममा आश्रित हुनु भनेको संवैधानिक हक विपरित भएको हुदाँ बालबालिकाको अधिकारमा राज्य र सम्वन्धित निकायले ध्यान दिनुपर्ने बताए । कलिलै उमेरमा हातमुख जोर्नका लागि बालबालिकाहरु विभिन्न श्रममा जोडिन बाध्य भएका छन् । बालबालिकाको पढ्न, लेख्न, र खेल्न पाउने नैसर्गिक अधिकारमा स्थानिय सरकार साधक बन्नुपर्ने उनको भनाई छ । एकीकृत हरित विकास संस्थाले गरेको काम अति नै सहनिय भएको हुदाँ पालिका नै पुर्ण बालश्रममुक्त हुनु सवैको गौरवको विषय भएको बताए ।
कार्यक्रमका पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले अनाथ, असहाय र गरिवीको रेखामा रहेका बालबालिकाको अभिभावकत्व प्रदान गर्नु आम म्याग्देबासीको जिम्मेवारी भएको बताए । पालिका बालबालिकाको वृद्धि विकास, चेतनाको विकास, शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा प्रष्ट रहेको र अगामी दिनमा वालश्रममुक्त बालबालिकाको अवस्थामा ध्यान दिनुपर्ने बताए ।
अझै पनि हाम्रो समाजको सोच पुरातनवादी भएको हुदाँ यसको व्यवहारिक कार्यन्वयनका लागि कठिन भएको बताए ।
सवैको साथ र सहयोगले पालिकालाई बालश्रम मुक्त घोषणा गर्न सकिएको हुदाँ अगामी दिनमा पनि यसको कार्यन्वयनका लागि लाग्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीको भनाई छ । भोलिको सभ्य र सुन्दर समाज निर्माणमा आजको बालबालिकाको काँधमा ठुलो जिम्मेवारी रहेको हुँदा बालबालिकाको संरक्षण, हित र उत्थानका लागी पालिकाले अभिभावकीय भुमिका बहन गर्ने बताए । १८ वर्ष भन्दा मुनिका बालबालिकालाई ज्यालादारीमा लगाउन नपाउने, बालबालिकाले पढ्न पाउने हक अधिकार कुष्ठित गर्न नपाउने, बालबालिका भोलि देशको कर्णधार भएको हुदाँ बालबालिकाको वृद्धि बिकासमा सवैले ध्यान दिनुपर्ने अधिकारीले वताए ।
कार्यक्रममा एकीकृत हरित विकास नेपालका अध्यक्ष कमलहरि जिसी, कार्यक्रम अधिकृत सुदिप सेडाई, संस्थागत विद्यालयका प्रधानाध्यापक, सामुदायिक विद्यालयका प्रधानाध्यापक, वाल समुहका अध्यक्ष लगायत, नागरिक समाज, वुद्धिजीविहरुले आफना धारणा राखेका थिए ।




