
नेपाली समाजको कुरुप दृश्य तनहुँमा देखिएको छ । झट्ट सुन्दा विश्वास नलाग्न सक्छ, तर यो नै यथार्थ हो ।
प्रसंग हो, तनहुँमा एक हजुरबुवा उमेरका व्यक्तिले तीन जना नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । र नाबालिगलाई बलात्कार गरेको अभियोगमा ती वृद्धलाई जन्मकैदको फैसला भएको छ ।
भानु नगरपालिका–१० का ७३ वर्षिय वृद्ध लाई नौ वर्षको बालिकालाई बलात्कार गरिएको मुद्धामा तनहुँ जिल्ला अदालतले जन्म कैदको फैसला भएको हो । बृद्धको नाम गोप्य राखिएको छ।
जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले वृद्धलाई जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । वृद्धलाई वि.सं. २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया उमेरका तीन जना बालिकालाई बलात्कार गरेको अभियोग लागेको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने अदालतले सफाइ दिइएको छ । वि.सं. २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको श्रेतेदार कुँवरले जानकारी दिए ।
कुँवरका अनुसार आरोपित वृद्ध २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा रहेका थिए । आरोपितमाथि तीनवटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकोमा बाँकी दुईवटा मुद्दामा पनि कसुर ठहर भएको छ तर सजाय निर्धारण भने बाँकी रहेको श्रेतेदार कुँवरले बताएका छन् ।
तनहुँमा घटेको यो अत्यन्तै शर्मनाक र अपराधिक घटनाले नेपालीहरुको शिर निहुर्याइ दिएको छ । बृद्धबृद्धाहरु समाजका अग्रज र अभिभावक हुन्, र उनीहरु हाम्रा संरक्षक हुने भन्ने भनाईलाई यस घटनाले मित्थ्या सावित गरेको छ । अब आइन्दा कुनै पनि बृद्धबृद्धालाई झट्टै विश्वास गर्नु हुदैन् भन्ने तर्फ पनि सर्तक गराएको छ । साथै सबै मानिसलाई शंकाको दृष्टिले हेर्नुपर्छ भन्ने नजिर पनि यो घटनाले स्थापित गरेको छ । समाजमा घटेको यो अत्यन्तै कुरुप प्रवृतिको घटनाबाट हामी सबै सर्तक हुनु जरुरी छ र बालबालिकाहरुको रेखदेखमा विशेष ध्यान दिनुपर्दछ ।
समाजमा यस्ता घटना पुनः नदोहोरिउन । यसका लागि सभ्य र अनुशासित समाज निर्माणमा सबैको ध्यान पुगोस् ।




