भाषा, साहित्य र संस्कृतिको उत्थान साहित्यिक जागरण हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित गण्डकी वाङ्मय प्रतिस्ठान तनहुँको २९ औं साधारणसभा तथा १० औं अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ ।

अधिवेशन बाट अध्यक्षमा गौकुमारी न्यौपाने सर्वसम्बत निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्षमा संगम सापकोटा र अन्जु दाहाल, महासचिवमा अमरराज नहर्की र कोषाध्क्षमा रमा वाग्ले चयन भउका छन् ।

त्यसै गरि सदस्यहरुमा तेजप्रसाद लामिछाने, शुभ पिया, तिलबहादुर सार्की (बिरु गणेश), बाबु्राम सापकोटा, सुनिता बुडाथोकी श्रेष्ठ र विष्णु खड्का रहेका छन् ।

यस अघि उक्त अधिवेशनको उद्घाटन गर्दे साहित्यकार डां. रघुनाथ न्यौपानेले भाषा, साहित्य र कलाको विकासमा सबै एक जुट भएर लाग्नु पर्ने बताए ।

व्यासका अध्येता तथा साहित्यकार काशीनाथ न्यौपानेले चार वेद अठार पुराणका रचयिता भगवान वेद व्यासको पुण्य भुमि तनहुँ गण्डकी वाङ्मय प्रतिस्ठानले विगतमा राष्ट्रिय साहित्य सम्मेलन लगाएतका साहित्यक गतिविधिहरु गर्दै आएकोमा आगामी दिनमा अझ शसक्त ढङ्गले अगाडि बड्दै सिङ्गगो गण्डकी प्रदेशमानै अनुकरणीय कार्य गर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाली लेखक संघ तनहुँका अध्यक्ष शंकरराज नहर्की, शुक्लागण्डकी साहित्य संगमका अध्यक्ष टुकादेवी आचार्य, पूर्व अध्यक्षहरु आन्नद सुन्दर श्रेष्ठ, नारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए। सो अवसर तनहुँका तीन जना साहित्यकारहरुलाई सम्मान गरिएको थियो । सम्मानित साहित्यकारहरु जुनु खड्का, कमल सापकोटा र चिजबहादुर कुमाललाई नगद पाँच हजार र कदरपत्र प्रदान गरी दोसल्ला ओडाई सम्मान गरिएको थियो ।