कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा १०० जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ४१, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वत र लमजुङका १–१ जना छन् ।

यसैबीच, शुक्रबारमात्रै कास्कीका ३ र बागलुङका १ संक्रमितको मृत्यु पुष्टि गरेसँगै प्रदेशभरिमा मृतकको संख्या १ सय पुगेको हो ।

कास्कीका २ र बागलुङका १ संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कास्कीका १ संक्रमितको गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो ।